एनएसएल लागि आठ वर्षको सम्झौता  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एनएसएल लागि आठ वर्षको सम्झौता 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच मङ्गलवार नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न आठ वर्षका लागि नयाँ सम्झौता भएको छ ।

एनएलएल प्रतियोगिता आयोजनाको सम्पूर्ण अधिकार दिएबापत नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले एन्फालाई आठ वर्षको १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने छ । 

सम्झौतापत्रमा एन्फाका महासचिव किरण राई र नेपाल इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले हस्ताक्षर गरेका थिए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा पहिलो सिजन आयोजनाका लागि उपलब्ध गराउनुपर्ने एक करोड ५० लाख बराबरको चेक अध्यक्ष चौधरीले एन्फा महासचिव राईलाई हस्तान्तरण गरेकी थिइन् । 

एनएसएलको पहिलो सिजन आयोजना सम्पन्न भए पनि विवादका कारण दोस्रो सिजन आयोजना हुन सकेको थिएन । एन्फामा नेतृत्व परिवर्तनपश्चात् नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिसँगको सम्झौता पनि रद्द गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस