काठमाडौँ नगर प्रहरीका सईले दिए राजीनामा, प्रमुखमाथि लगाए यस्तो आरोप  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ नगर प्रहरीका सईले दिए राजीनामा, प्रमुखमाथि लगाए यस्तो आरोप 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रूपमा प्रस्तुत भइरहेको काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । 

मेयर बालेन्द्र साह (बालेन)ले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।

नगर प्रहरी नायव निरीक्षक (सई)लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिएका छन् । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरूलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनको आरोप छ । नगर प्रहरीले बिदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लील शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।

चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि सङ्गठनका प्रहरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् ।

यता नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरूले विरोध गरेको आरोप लगाए ।

आफूले अनुशासनमा कडाइ गरेका कारण चित्त नबुझेको हुन सक्ने पाण्डेको भनाई छ । कर्मचारीलाई अनावश्यक तनाव दिएको, छुट्टी नदिएको आरोप लगत भएको पनि उनको दाबी छ । 

यस्तै काठमाडौँ महानगरपालिकाले निजी सेक्युरिटी कम्पनीमार्फत १६२ जना नगर प्रहरी थपेको छ । तर थपिएका नगर प्रहरी कर्मचारीले करिब एक महिना पुग्न लाग्दा समेत पोसाक पाएका छैनन् ।

जार ५३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।

तर कम्पनीले पठाएको ४५ भन्दा धेरै नगर प्रहरी कर्मचारी अयोग्य भन्दै महानगरले फिर्ता पठाएको छ । कम्पनीले सम्झौतामा उल्लेख गरेको मिति नाघ्दा पनि थप ६० नगर प्रहरी पठाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस