३५ दिनभित्र अनिवार्य खर्च विवरण बुझाउनू, नभए कारबाही हुन्छ : निर्वाचन आयोग  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३५ दिनभित्र अनिवार्य खर्च विवरण बुझाउनू, नभए कारबाही हुन्छ : निर्वाचन आयोग 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन आग्रह गरेको छ ।

आज एक सूचनामार्फत आयोगले अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र अनिवार्य खर्च विवरण बुझाउन भनेको छ ।

आयोगका अनुसार प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन सकिन्छ ।

निर्वाचनको खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस