कसरी बाँच्ने भन्ने चिन्ता थियो, अब बुढेसकालको सहारा राज्य हुन्छ : श्रममन्त्री कुँवर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कसरी बाँच्ने भन्ने चिन्ता थियो, अब बुढेसकालको सहारा राज्य हुन्छ : श्रममन्त्री कुँवर 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले बुढेसकालको सहारा राज्य हुने बताएका छन्। 

अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले अब बुढेसकालमा कसरी पेट पाल्ने भन्ने चिन्ता नहुने बताए । 

‘युवा हुँदासम्म विदेशमा गएर रगत पसिना बगाउने अनि बुढेसकाल भएपछि कसले पाल्ने ? कसरी बाँच्ने भन्ने चिन्ता थियो । अब त्यो अन्त्य भएको छ। त्यसका लागि राज्यले गर्नेछ, ‘उनले भने । संविधानमा भएको व्यवस्था अनुसार नै सामाजिक सुरक्षा कोषलाई वृहत् गर्दै लगिएको उनको भनाइ छ। अत्यन्तै चिन्तित भएर लागेकाले यो क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सफल भएको बताए । सबैको सहयोग र चिन्ताको परिणाम नै कार्यविधि रहेको बताए । 

यो कार्यविधि कार्यान्वयनमा जाने र त्यसका लागि सबैले गम्भीर भएर लाग्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस