धादिङमा बस र माइक्रो एक-आपसमा ठोक्किँदा एकको मृत्यु, १४ जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धादिङमा बस र माइक्रो एक-आपसमा ठोक्किँदा एकको मृत्यु, १४ जना घाइते


५ पुस २०७९, मंगलबार


काठमाडौँ । धादिङको गजुरी गाउँपालिका-२ को बिहानी पम्प नजिक यात्रुवाहक बस र माइक्रो बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मङ्गलवार भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुवाहक बस र काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीको बिहानी पम्प नजिक एक–आपसमा ठोक्किएको हो । 

यात्रु बाहक बस र माइक्रोबस एक-आपसमा ठोक्किँदा अन्य १४ जना घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि काठमाडौं पठाइएको छ । सोही दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस