भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान


प्रशासन संवाददाता

५ पुस २०७९, मंगलबार


काठमाडौँ । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यु-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।

ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार राष्ट्रले भाग लिनेछन् ।

प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलङ्काविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते किर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल सङ्घले सफलताको शुभकामना दिँदै बिदाइ गरेको थियो ।

नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट् भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस