प्रदीप पौडेलले पनि गरे गगन थापालाई समर्थन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदीप पौडेलले पनि गरे गगन थापालाई समर्थन


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् ।

पौडेल काठमाडौँस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै काँग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् ।

उनी पार्टीको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट लडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस