सप्तरीमा टिप्परको ठक्करले किशोरीको मृत्यु, स्थिति तनावपूर्ण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सप्तरीमा टिप्परको ठक्करले किशोरीको मृत्यु, स्थिति तनावपूर्ण


५ पुस २०७९, मंगलबार


काठमाडौँ । सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।

घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्।

चक्काजामसहित प्रदर्शन बढेपछि यस क्षेत्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस