गगन थापालाई साझा उम्मेदवार बनाउने इतरपक्षको समझदारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गगन थापालाई साझा उम्मेदवार बनाउने इतरपक्षको समझदारी


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको इतर पक्षले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रूपमा साझा उम्मेदवार बनाउने तयारी गरेको छ ।

मङ्गलवार बिहान राजधानीको एक होटेलमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने विषयमा समझदारी भएको हो ।

यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् ।

यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन् । आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस