२८ अधिकृतको सरुवा  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

२८ अधिकृतको सरुवा 


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल सरकारका २८ शाखा अधिकृतको सरुवा गरिएको छ । गृह मन्त्रालयले मातहत विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार अध्यागमन कार्यालयमा कार्यरत १६ जना अध्यागमन अधिकृतहरूलाई अन्यत्र सरुवा गर्दै मन्त्रालय तथा विभिन्न जिल्ला प्रशासनमा कार्यरत १२ जना अधिकृतहरूलाई अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । 

जसअनुसार अध्यागमन कार्यालयबाट अन्यत्र सरुवा गरिएका कर्मचारीहरूमा परमेश्वर  पन्तलाई अध्यागमन कार्यालय पोखरा, विनोद कुमार दत्तलाई गौतमबुद्ध विमानस्थल भैरहवा, मनि कुमार तामाङलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, शशि मोहन सादलाई अध्यागमन कार्यालय गौतमबुद्ध, विष्णु साहनीलाई जिल्ला प्रशासन कार्यालय बाँके, नवराज शर्मा दोरङ्गालाई अध्यागमन कार्यालय पोखरा र देवर्षि सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी सिताराम थापालाई जिल्ला प्रशासन कार्यालय ललितपुर, भेषराज खनाल मालती पन्त पाण्डेय र पीताम्बर सारूलाई गृह मन्त्रालय, मातृका प्रसाद दाहाललाई कारागार कार्यालय भिमफेदी, ठानेश्वर पराजुलीलाई कारागार कार्यालय नवलपरासी, सिता गुरुङलाई जिल्ला प्रशासन कार्यालय धादिङ, शिव प्रसाद सुवेदीलाई इलाका प्रशासन कार्यालय उर्लाबारी र मुकुन्द्र प्रसाद पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । 

त्यस्तै अध्यागमन कार्यालय सरुवा हुनेहरूमा गृह मन्त्रालयकी शारदा चालिसे, हरि प्रसाद दाहाल, रमेश प्रसाद रिजाल, लिलाधर अवस्थी, रामचन्द्र आले, दामोदर दाहाल, तेजिन्द्र गौतम, लाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल पठाइएको छ । 

यसैगरी इलाका प्रशासन कार्यालय नरैनापुरका रामकुमार सोनकर, गृह मन्त्रालयका प्रकाश न्यौपाने र विमल पौडेल तथा अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थलका सरोज अर्याललाई त्रिभुवन विमानस्थल काठमाडौँ र जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक नारायण भण्डारीलाई अध्यागमन विभाग, कालिकास्थान सरुवा गरिएको छ । 

अवधि पुगेका कर्मचारीहरूलाई नियमित प्रक्रिया अनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि पुरानो सरकार काम चलाउ मात्रै भएको र नयाँ सरकार गठनको मुखैमा सरुवा गरिनु हुँदैनथ्यो कि भन्नेतर्फ कर्मचारी कानेखुसी भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस