आज विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा


५ पुस २०७९, मंगलबार


एजेन्सी। फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिना राष्ट्रिय फुटबल टोली आज मङ्गलवार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ।

कार्यक्रममा उपस्थित हुन तथा खुसीयाली मनाउन अर्जेन्टिना सरकारले मङ्गलवार आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

अर्जेन्टिना सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ। त्यस्तै अर्जेन्टिना फुटबल सङ्घले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मङ्गलवार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसीयाली मनाउने छ।

सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मङ्गलवार बिहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको सङ्घको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो। अतिरिक्त समयमा ३–३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो। आइतबार लुसेल रङ्गशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन्।

अर्जेन्टिना कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्कन आतुर रहेको बताएका थिए । ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न चाहन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस