लैनचौरमा शेखर र गगनबीच छलफल जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लैनचौरमा शेखर र गगनबीच छलफल जारी


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।

लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।

इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । अनामनगरको एक होटलमा ११ बजे बैठक बस्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार छन् भने इत्तर पक्षबाट अहिलेसम्म थापा र कोइराला दुई जना दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस