निसीखोला गाउँपालिका अध्यक्ष घर्तीमाथि लागुऔषधसम्बन्धी कसुर ठहर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीमाथि लागुऔषधसम्बन्धी कसुर ठहर


५ पुस २०७९, मंगलबार


ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ ।

निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइर्’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । उहाँको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी विसं २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस