करिम बेन्जिमाद्वारा सन्यासको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करिम बेन्जिमाद्वारा सन्यासको घोषणा


५ पुस २०७९, मंगलबार


काठमाडौँ । फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सोमबार बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् ।

फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।

बेन्जिमाले फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका खेलाडीको गोलकर्ता सूचीमा पाँचौँ स्थानमा रहेका छन् । उनी सन् २००६ मा फ्रान्सको टोलीबाट डेभ्यु गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस