डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग


४ पुस २०७९, सोमबार


डोटी । युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको छ । 

डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउदनाराका १ सय ५० जना प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका सुशासन परियोजना व्यवस्थापक खेम भण्डारीले बताए । 

सायल गाउँपालिकाको समन्वय तथा वडा कार्यालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभाबित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो ।

भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरूमा क्षति गरेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । 

युएमएन डोटी क्लष्टरले भूकम्प प्रभावितहरूलाई बिपत व्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपैयाँ बराबरका त्रिपालहरू सहयोग गरिएको संयोजक सुनारको भनाई छ ।   

युएमएन डोटीले उस अघि डोटीको पुर्विचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावितहरूलाई पनि २ सय थान न्यानो कम्बल गाउँपालिका मार्फत सहयोग गरेको थियो ।

गत कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । 

पालिका भित्रका अन्य वडाहरूमा र नजिकका छिमेकी पालिकामा रहेका अधिकांश घरहरूमा समेत क्षति पुगेको थियो । सायल गाउँपालिका पनि पुर्बिचौकी गाउँपालिकासँग जोडिएको पालिका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस