सांसदको लोगो बनाउन १६ लाख रुपैयाँभन्दा धेरै खर्च हुने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसदको लोगो बनाउन १६ लाख रुपैयाँभन्दा धेरै खर्च हुने 


४ पुस २०७९, सोमबार


विकास र समृद्धि

काठमाडौँ। सङ्घीय संसद् सचिवालय आउँदो ७ गते बिहीवार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको छ । त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । 

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न लोगो प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ । संसद् सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको जनाएको छ । 

हिसाब गर्दा दुई सय ७५ वटा सांसदका लागि लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ । सचिवालयले केही थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस