विभागले राहदानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि खोल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विभागले राहदानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि खोल्ने


४ पुस २०७९, सोमबार


काठमाडौँ । राहदानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन भोलि देखि दिउँसो  साढे ३ बजे खोल्ने भएको छ। 

राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि  दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले विभागको सर्भरमा चाप पर्न गई वेबसाइट खुल्न समय लाग्ने र हाइ ट्राफिक भोलुम देखाउने गरेकोले समय हेरफेर गरेको बताएको छ।

  

Tags :
प्रतिक्रिया दिनुहोस