भन्सार छलिको सामानसहित ट्रक नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भन्सार छलिको सामानसहित ट्रक नियन्त्रणमा


४ पुस २०७९, सोमबार


काठमाडौँ । भन्सार छलिको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पथलैयामा नियन्त्रणमा लिएको छ ।

बिओपी बीरगञ्जबाट खटिएको टोलीले ना.४ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । 

वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रकमा बिजविजक भन्दा धेरै औषधीसहितका सामान फेला परेको छ । करिब ७८ प्रकारका समान बोकेर भारतबाट नेपाल आउँदै गरेको सो ट्रकलाई सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । 

ट्रकमा करिब १ करोड ३९ लाख मूल्य बराबरको सामान फेला परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस