यौन दुर्व्यवहार आरोपी प्रधानाध्यापकले गरे आत्मसमर्पण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यौन दुर्व्यवहार आरोपी प्रधानाध्यापकले गरे आत्मसमर्पण


४ पुस २०७९, सोमबार


काठमाडौँ । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका टोखा नगरपालिका-१०, सामाखुसीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

एक जना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनको खोजी थालेपछि भट्टराई आफैँ आइतबार प्रहरी कार्यालय पुगेका हुन् ।

सोमबार भट्टराईलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नका लागि म्याद माग्न अदालतमा उपस्थित गराइएको छ । विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् ।

विद्यालयका एक जना छात्राका अनुसार प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, कार्यकक्षमा भएका अरूलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस