भेलुबाजेका हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र पेस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भेलुबाजेका हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र पेस


४ पुस २०७९, सोमबार


प्युठान । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्युठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।

भेल बाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाएका हुन् ।

जिसीले ज्ञापन पत्रमा लेखेका छन्, ‘भेल बाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरूले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लील हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रसारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र भेल बाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरू बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मूल्य र मान्यताहरूको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस