सङ्घीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत : शङ्कर पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सङ्घीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत : शङ्कर पोखरेल


४ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति सङ्घर्षको थलो बनाउन खोजिएको बताएका छन्।  

सोमबार काठमाडौँमा आयोजित नगरपालिका सङ्घको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती हो भन्ने कुरालाई बुझ्न जरुरी रहेको बताए । 

उनले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन्। महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताएका हुन।  

उनले कहीँ पनि प्रदेश बिनाको शासन नभएको भन्दै सङ्घीयतामा झनै प्रदेश आवश्यक रहेको उल्लेख गरे। पोखरेलले हरेक शासन प्रणालीमा तीन तहको ढाँचा हुने उल्लेख गरे। नेपालको तीन तहको संघीय ढाँचा सङ्घीयताको विशिष्ट मोडेल भएको उनको भनाई छ। पोखरेलले सङ्घीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत भएको बताए।  

पोखरेलका अनुसार प्रदेशको विरोध संविधान गलत छ भन्ने कुरा स्थापित गर्नका लागि खेलेको खेती त हो ? तहगत संरचना सङ्घीयताको विशिष्ट मोडेल हो। हरेक शासन प्रणालीमा तीन तहको ढाँचा हुन्छ। चाहे सङ्घीयता होस्। चाहे एकात्मकता होस्। सबै ठाउँमा तीन तह हुन्छ भन्ने कुरालाई नबुझीकन कहिले के कुराको बहस गरेको छ, कहिले के कुराको बहस गरेको छ, कहिले सङ्घीयतामा प्रदेश र सङ्घ भए पुग्छ भनेको छ। कहिले सङ्घ र स्थानीय सरकार भए पुग्छ प्रदेश चाहिँदैन भनेको छ।  

उनले नेपालको प्रशासनिक संयन्त्र सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा मानसिक रूपमा तयार नभएको कारण समस्या पैदा भएको बताए। उनले प्रशासनिक नेतृत्व परम्परावादी भएको उल्लेख गरे। काठमाडौं केन्द्रित प्रशासनिक मानसिकता नै सङ्घीयता कार्यान्वयनमा समस्या भएको उनको तर्क छ।  

महासचिव पोखरेलले शहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस