बैङ्किङ कसुरमा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर नभए कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैङ्किङ कसुरमा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर नभए कारबाही


४ पुस २०७९, सोमबार


काठमाडौँ । उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । यी सबै मुद्दाहरूमा नेपाल सरकार प्रतिवादी छ ।

अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आउन भनेको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।

बयानका लागि बोलाइएकाहरूमा सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौँ स्वयम्भुका लालबहादुर घले, काठमाडौँ बौद्धका प्रेम खत्री, काठमाडौँ गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने मुकेश शाह, काठमाडौँको धुम्बाराही बस्ने शङ्कर प्रसाद नेपाल, काठमाडौँको तारकेश्वर जरंखु बस्ने सुवास खड्का, काठमाडौँ चाबहिलकी दीपा चौलागाईं, दार्चुला घर भई काठमाडौँको नयाँबानेश्वर बस्ने वीरेन्द्र सिंह धामी, भक्तपुरको मध्यपुर ठिमी घर भई हाल चाबहिल गणेस्थानमा पसल गरी बस्ने मुनि रत्न चक्रधर छन् ।

यसैगरी सिन्धुपाल्चोकको फुल्पिङडाँडा घर भई काठमाडौँमा बस्दै आएका निरोज श्रेष्ठ, काठमाडौँको तारकेश्वर(७ बस्ने सबिना कार्की, काठमाडौँ चन्द्रागिरि(११ का रूपक कुमार कार्की, काठमाडौँको टोखा बस्दै आएका टेक सिटी इन्टरप्राइजेजका सञ्चालक ईशान न्यौपाने, सोलुखुम्बु घर भई काठमाडौँको टोखा बस्दै आएका सुनिल कार्की, खोटाङ घर भई हाल काठमाडौँको बालाजु बस्ने इन्द्रलाल गिरी, सुनसरी घर भई हाल काठमाडौँको टोखामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सनका सञ्चालक प्रशान्त चौधरी, काठमाडौँको तारकेश्वरका उदीपनारायण जोशीविरुद्ध पनि ३० दिने म्यादसहित सूचना जारी गरिएको छ ।

बैङ्किङ कसुर मुद्दामा ३० दिने म्याद जारी भएका अन्यमा, मोरङ घर भई हाल काठमाडौँ-७ बस्दै आएका श्याम थापा, रौतहट घर भई हाल काठमाडौँको खरीबोट बस्दै आएका सुबोध कुमार साह भन्ने सरोज कुमार साह, धनुषा घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने उदित नारायण मण्डल र नुवाकोट घर भई काठमाडौँको जोरपाटी बस्ने सुजन तामाङलगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस