मेस्सीले तत्काल सन्यास नलिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेस्सीले तत्काल सन्यास नलिने


४ पुस २०७९, सोमबार


काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् ।

मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पार्यो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो ।

विश्वकप उपाधिपछि मेस्सीले आफुले तत्काल सन्यास नलिने स्पष्ट पारे । ‘म राष्ट्रिय टिमबाट सन्यास लिन गईरहेको छैन । म विश्वकप विजेता अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहन्छु,’ उनले भनेका छन् ।

मेस्सीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस