जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन


४ पुस २०७९, सोमबार


काठमाडौँ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।

आइतबार काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् ।
जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस