न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रधानन्यायाधीश कार्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रधानन्यायाधीश कार्की


३ पुस २०७९, आइतबार


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताएका छन्।

न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताएका हुन्।

‘जुनसुकै तहको न्यायाधीश नियुक्तिका गर्न पनि एउटा कोर्ष पास गर्ने व्यवस्था गर्न जरुरी छ,’ कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘कानुनमा संशोधन गरेर भए पनि यो काम गर्न जरुरी छ।’

न्याय परिषद्ले ठोस प्रमाणका आधारमा मात्र न्यायाधीशलाई कारबाही, नियुक्तिका लागि सिफारिस गर्ने गरेको उल्लेख गर्दै उनले सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको सङ्ख्या खाली भएको कारणले गर्दा मुद्दा फर्छ्यौटमा कठिनाइ भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस