तलब नपाएपछि कोसी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तलब नपाएपछि कोसी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित 


३ पुस २०७९, आइतबार


काठमाडौँ । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताएका छन् । 

उनीहरूले आइतबार बिहान १ घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिएका थिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपिडी सेवा बन्द भएको थियो ।

विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीसहित गरेर १२१ जनालाई करारमा नियुक्त गरेको थियो । आन्दोलनअन्तर्गत सोमबार हातमा कालोपट्टि बाँधेर र मङ्गलवार अस्पताल परिसरमै बिरामीको उपचार गर्ने चिकित्सकको तयारी छ ।

राजनीतिक खिचातानीका कारण अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन । समितिको नियमित बैठक बस्न नसक्दा उनीहरूको करार अवधि पनि थप भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस