कैलालीमा गोली चल्दा १ जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कैलालीमा गोली चल्दा १ जना घाइते


३ पुस २०७९, आइतबार


काठमाडौँ । कैलालीको अत्तरियामा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर एक जना सुन व्यवसायी घाइते भएका छन् ।

सुन व्यवसायी गोदावरी नगरपालिका स्थित बनखेतको घोडाघोडी सुनचाँदी पसलका सञ्चाल विकास सुनार रहेका प्रहरीले जनाएको छ ।

उनको अहिले पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हातमा गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गोली चलाएर दुई जना फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गोली प्रहार गर्नेको पहिचान हुन बाँकी रहेको र खोज तलास भइरहेको प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस