अब हुने राष्ट्रपति राजनीतिक पृष्ठभूमि भएकै व्यक्ति हुन्छ : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब हुने राष्ट्रपति राजनीतिक पृष्ठभूमि भएकै व्यक्ति हुन्छ : प्रचण्ड


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक पृष्ठभूमिकै हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले जुनसुकै पार्टीबाट भएपनि राजनीतिक पृष्ठभूमि भन्दा बाहिरबाट नल्याइने बताए । 

‘अब बन्ने नयाँ राष्ट्रपति गैर-राजनीतिक पृष्ठभूमिको हुन्छ भन्ने चर्चा छ । त्यस्तो हुँदैन । जुनसुकै दलबाट आएपछि राजनीतिक पृष्ठभूमि हुने भन्ने गठबन्धनमा समझदारी भएको छ’ प्रचण्डको भनाई उदृढ गर्दै उपमहासचिव हरिबोल गजुरेलले भने, ‘विगतको इतिहास हेर्दापनि राजनीतिक पृष्ठभूमिको राष्ट्रपति बनाउँछौँ । त्यो भन्दा बाहिर नजाने समझदारी छ ।’ अहिलेको व्यवस्था बलियो बनाउन पनि राजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने प्रचण्डको भनाई छ । 

यस्तै प्रचण्डले आफूले प्रधानमन्त्रीमा सहयोग गर्न काँग्रेस सभापति एवं प्रधानमन्त्रीलाई प्रस्ताव गरेको बैठकमा ब्रिफिङ गरेका छन् । ‘मैले देउवा जीलाई मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुस् भनेर प्रस्ताव राखेको छु । उहाँ (शेरबहादुर देउवा)ले संसदीय दलको नेता चयन भएपछि सोचौँला भन्नु भएको छ’ 

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत राजकीय पदमा एकमुस्ट भागवण्डा गरिने प्रचण्डले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस