सचिव दुवाडीद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सचिव दुवाडीद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान


३ पुस २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । 

समानुपातिकतर्फका नव निर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली काँग्रेसका ३२, नेकपा (माओवादी केन्द्र)का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच-पाँच जना निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस