सूर्यविनायकबाट ७ जुवाडे पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सूर्यविनायकबाट ७ जुवाडे पक्राउ


३ पुस २०७९, आइतबार


काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोटबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । 

दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ सय रुपैयाँ नगद र  ६१ पत्ती तास बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस