वीर अस्पतालका कर्मचारी सम्पर्कविहीन, ३० दिनभित्र नआए कारबाही गर्ने चेतावनी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वीर अस्पतालका कर्मचारी सम्पर्कविहीन, ३० दिनभित्र नआए कारबाही गर्ने चेतावनी 


३ पुस २०७९, आइतबार


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरूमा रजिष्ट्रार/ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । त्यसैगरी, सूचना जारी भएका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौँ तहका स्टाफ नर्सहरू सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी छन् ।

सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस