महालक्ष्मी विकास बैङ्कले १०.४७ प्रतिशत लाभांश दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महालक्ष्मी विकास बैङ्कले १०.४७ प्रतिशत लाभांश दिने


३ पुस २०७९, आइतबार


काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

१ पुस शुक्रबार बसेको बैङ्क सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैङ्कले सेयर धनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस