पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेको छ ।

शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्याङ्करले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमशः ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

बढेको ढुवानी भाडादर यस्तो छ

Tags :
प्रतिक्रिया दिनुहोस