सशस्त्र मुख्यालयमा कुकर पड्किँदा ३ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सशस्त्र मुख्यालयमा कुकर पड्किँदा ३ जना घाइते


३ पुस २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको हल्चोकस्थित मुख्यालयमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक बालकसहित तीन जना घाइते भएका छन्।

सशस्त्र प्रहरीले घाइतेहरूलाई कीर्तिपुर अस्पताल लगेपछि घटना भएको पाँच घण्टापछि अस्पतालले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

शनिवार साँझ कार्यदलको क्यान्टिनमा खाना पकाउनेक्रममा प्रेसरकुकर पडकिएको थियो। जलेर घाइते भएकाहरूलाई उपचारको लागि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा लगी उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूमा सुर्खेत पन्चपुरी नगरपालिका ८ घर भई हाल सशस्त्र प्रहरी कार्यदल भित्र बस्ने ११ वर्षका आयुष बुढा छन्।

उनको अनुहार र पेट जलेको र बोल्न सक्ने अवस्थामामा छन्। उनी सोही कार्यदलमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक राजकुमार बुढाका छोरा हुन्।

यस्तै प्युठान सरुमैरानि गाउँपालिका ५ घर भई हाल सशस्त्र प्रहरी कार्यदलमा कार्यरत १९ वर्षीय सशस्त्र प्रहरी जवान हिरासिंह बराल र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ३ घर भई सशस्त्र प्रहरी कार्यदलमा कार्यरत सशस्त्र प्रहरी जवान यमनाथ गिरी घाइते भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस