अनिश्चितकालका लागि यातायात बन्दको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनिश्चितकालका लागि यातायात बन्दको घोषणा


२ पुस २०७९, शनिबार


बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चित कालका लागि यातायात बन्दको घोषणा गरेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पक्राउ गर्न लापरबाही गरेको भन्दै छानबिनमा दबाब दिन यातायात बन्द गरिएको अनेरास्ववियूले जनाएको छ ।

विद्यार्थी नेता चेतन ऐडीको न्यायका लागि आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूर्ण जिल्ला बासीहरूले सहयोग गरिदिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस