विकास गर्न मन्त्री नै बन्नु पर्दैन : प्रकाशमान सिंह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विकास गर्न मन्त्री नै बन्नु पर्दैन : प्रकाशमान सिंह


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् ।

काठमाडौँको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनै पर्ने आवश्यकता नभएको औँल्याए ।

उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नि । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु ।’

यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको बताए। प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो ।

उनले भने, ‘यो त तपाईँहरूले मात्रै चाहेर पनि हुँदैन। मैले मात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसमा निर्भर गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस