काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प छैन : चिरिबाबु महर्जन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प छैन : चिरिबाबु महर्जन


२ पुस २०७९, शनिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्।

शनिवार ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताए। उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु नहुने बताए।

उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए। मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको उनको भनाइ थियो।

मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसङ्ख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए। उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए। उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन। मेट्रो चलाउनैपर्छ। आज निर्णय गर्न सक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ। मेट्रो ज्यादै महँगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त रु सस्तो पनि त हुनुपर्छ। अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसङ्ख्या ६० लाख पुग्छ। यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउनेर ? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन। यसको निमित्त हामीले मेट्रो नल्याइकन सुखै छैन। महँगो भयो भनेर वास्तै नगर्ने ? यो हुँदैन। कुनै पनि योजना बनाएर भए पनि मेट्रो ल्याउनैपर्छ।

अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसङ्ख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ। विलम्ब नगरी यो काम अघि बढाऔँ। यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन। त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका खेल्नुपर्छ। त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो। यमसा अघि बढौँ।’ मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस