सत्ता समीकरणबारे प्रचण्ड र नारायणकाजीबीच छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्ता समीकरणबारे प्रचण्ड र नारायणकाजीबीच छलफल


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। आज बिहान खुमलटारस्थित प्रचण्डनिवासमा दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको हो।

प्रचण्ड र श्रेष्ठबीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ। भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस