प्रहरी जवानमाथि गोली प्रहार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी जवानमाथि गोली प्रहार


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । सर्लाहीको रामनगरमा शुक्रबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गोली लाग्ने व्यक्ति सशस्त्र प्रहरीको जवान रहेको खुलेको छ ।

गोली लागेका ती व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ । रामनगर गाउँपालिका-६ सिसौट बजारमा शुक्रबार साँझ खाजा खाइरहेका स्थानीय सुरेश साहमाथि गोली प्रहार भएको हो ।

यही स्थानका स्थायी बासिन्दा साह काठमाडौँमा कार्यरत छन् । घाइते साहको प्रादेशिक अस्पतालमा केही बेर राखेर थप उपचारका लागि बाहिर रिफर गरिएको छ ।

मामाको छोरासँग लेनदेन विषयमा विवाद बढेपछि साहमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता विजय यादवका अनुसार लेनदेन विषयमा विवाद भएपछि साहका मामाका छोरा धनकौल गाउँपालिका-६ धोविनिया टोलका रामप्रवेश साहसँगै रहेका दुई जना घटनापछि फरार रहेका छन् । साहका मामाका छोरा रामप्रवेशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गोली प्रहारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस