चितवन गार्डेन रिर्सोटलाई ३ लाख जरिवाना गर्न सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन गार्डेन रिर्सोटलाई ३ लाख जरिवाना गर्न सिफारिस


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । चितवन गार्डेन रिर्सोटलाई ३ लाख रुपैयाँ जरिवाना गर्न जिल्ला बजार अनुगमन समितिले सिफारिस गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन समितिले सो रिसोर्टलाई ३ लाख जरिवाना गर्न सिफारिस गरेको हो ।

समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेको सोही ऐनको दफा ३९ को १ (ख)अनुसार अधिकतम ३ लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष सिफारिस गरेको हो ।

उक्त सिफारिसबारे आइतबार चितवनका प्रजिअ आस्मान तामाङले यसबारे निर्णय लिने समितिले बताएको छ ।

अनुगमन समितिले होटेलले गरेको लापरबाहीपूर्ण कार्यका ७ बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो । अनुगमन समिति समक्ष होटेल सञ्चालकहरूले सिल खोलिदिन र ७ दिनको समय दिन माग गरेको बताइएको छ । 

गत २३ मंसिरमा आयोजित बिहेभोजमा सहभागी भएका दुवै पक्षका झण्डै ३ सय जनाले खाना खाएपछि बिरामी भएका थिए ।

भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखला, बान्ता तथा रिगंटा लागेर भर्ना भएका बिरामीहरूबाट गरिएको नमूना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको थियो ।

होटेलले बिरामी भएर अस्पताल भर्ना भएकाहरूको उपचार गर्दै आइरहेको छ । धेरै जसो बिरामीहरू उपचार पछि घर फर्किएका छन् । होटेललाई गत २७ मंसिरमा सिल गरिएको छ ।

सम्बन्धित समाचार : विभागद्वारा चितवन गार्डेन रिसोर्टको भान्सा सिल

Tags :
प्रतिक्रिया दिनुहोस