सर्वदलीय बैठक बोलाउने संघीय संसद्का महासचिव गौतमको तयारी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वदलीय बैठक बोलाउने संघीय संसद्का महासचिव गौतमको तयारी 


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको टुङ्गो लागिसकेको छ । तर, निर्वाचन आयोगले समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र पुस ३ गते दिने तय गरेको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फका सांसदले निर्वाचित भएको प्रमाणपत्र पाइसके लगत्तै सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ । 

निर्वाचन आयोगले निर्वाचित सांसदहरूको लिस्ट संसद सचिवालयलाई पनि पठाएको छ । अब निर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य तय गरेर संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र लेख्नुपर्छ ।

संसद सचिवालयको पत्रअनुसार राष्ट्रपतिले जेष्ठ सदस्यलाई शपथ खुवाउनेछन् । राष्ट्रपतिबाट शपथ खाएका जेष्ठ सदस्यले बाँकी २७४ प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउँछन् ।

शपथको तयारी लगायतका सन्दर्भमा छलफल गर्न संसद्का महासचिव गौतमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् । दलहरूको सहमतिका आधारमा शपथको मिति तय गरिने छ ।

प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व छ । 

Tags :
प्रतिक्रिया दिनुहोस