उमेर खुलाएर विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उमेर खुलाएर विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको उमेर खुलाएर विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले आयोगलाई शुक्रबार पत्र पठाएको हो।

आयोगले पठाएको विवरणअनुसार जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनुपर्ने भएकाले उमेरसहितको विवरण मागिएको संघीय संसद सचिवालयले जनाइएको छ । 

आयोगले विवरण उपलब्ध गराएपछि सचिवालयले राष्ट्रपति कार्यालयलाई ज्येष्ठ सदस्यको नाम सिफारिस गर्ने र त्यसपछि राष्ट्रपतिले शपथ गराउने जनाइएको छ । 

सदस्यको शपथपछि अरू सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । प्रतिनिधिसभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै सभामुखको भूमिका निर्वाह गर्ने कानुनी व्यवस्था रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस