अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना « प्रशासन
Logo १४ जेष्ठ २०८०, आइतबार
   

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारू समुदायले धर्ना दिएको छ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलगायतलाई छुटाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ संशोधन गर्न अध्यादेश ल्याएको थियो। सोही अध्यादेशलाई प्रमाणीकरण गर्न माग गर्दै थारू समुदायले धर्ना गरेको हो।

थारू कल्याणकारिणी सभा र थुराहट-थारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारू समुदायसँग सम्बन्धित पार्टी, सङ्घ, सङ्गठन तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन्। धर्नामा सहभागीले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस