निकालिए पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक, के भन्छ पालिका ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निकालिए पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक, के भन्छ पालिका ?


१ पुस २०७९, शुक्रबार


काठमाडौँ। पटेर्वासुगौली गाउँपालिकाले वैकल्पिक व्यवस्था नगरीकनै अनुदानमा कार्यरत २९ जना शिक्षकलाई हटाएको छ ।

गाउँपालिका कार्यालयको मंसिर २३ गते बसेको बैठकबाट विभिन्न विद्यालयमा गरी अनुदानको रकमबाट फरक–फरक विषयका २९ जना शिक्षक हटाएको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले प्रशासनलाई बताए ।

उनले भने, ‘आवस्यक्ता अनुसार व्यवस्थापन गरिन्छ, तत्काल आवश्यक नभएका टाउका शिक्षहरुलाई हटाइएको हो ।’

यसअघिका जनप्रतिनिधि र कर्मचारीले आवश्यक प्रक्रिया नै पुरा नगरी हचुवाको भरमा शिक्षक नियुक्त गरेको भेटिएपछि हटाउने निर्णयमा पुगेको उनले बताए ।

पालिकाले दिने विद्यालय सञ्चालन अनुदानबाट सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरिएको थियो । पालीकाको आन्तरिक स्रोत नभएको र अनावश्यक शिक्षकहरू पाल्न नसकिने भएकोले हटाइएको उनले बताए ।

उनले भने, ‘केही ठाउँमा आवस्यक्ता छ त्या हामी हामी मिलाउँछौँ, आइतबार सम्म कार्यपालिकाले निर्णय गर्छ होला ।’

यता अनुदानको शिक्षकको भरमा चलेका र कम शिक्षक भएका विद्यालय नराम्ररी प्रभावित हुने शिक्षकहरूको भनाइ छ । तर पालिकाले भने अनुदानका शिक्षक हटाएर गुणस्तर सुधारका लागि नयाँ शिक्षक नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस