सहकारीका समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहकारीका समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म अर्थतन्त्रलाई चलायमान गराउन चुनौती रहेको बताएका छन् । 

उनले सहकारीहरूको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौती रहेको बताएका हुन् । 

उनले सहकारी तथा सरोकारवाला निकायहरूले कम्फड जोन नछोडे कम्फड जोनमा बसेर सहकारीहरूको प्रगति नहुने बताए ।

सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, बिस्तार, नियमन र अन्तर निकायहरूसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताए। उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्ने बताए । उनले अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्ने बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरू पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औँल्याए । उनले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रावधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेकोसमेत बताए ।

उनले अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनुकूलको कानुनी बनाउन आवश्यक रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस