काठमाडौँको मौलिकतालाई पुनः जीवित गर्नुपर्छ : सोबिता गौतम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको मौलिकतालाई पुनः जीवित गर्नुपर्छ : सोबिता गौतम


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले काठमाडौँको मौलिकतालाई पुनः जीवित गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य गौतमले काठमाडौँ महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताएकी हुन्। उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनः जीवित गर्नुपर्ने बताइन्।

उनले देशलाई गति दिनका निम्ति महानगरपालिकासँगसँगै सिङ्गो देशकै मौलिकतालाई पुनः जीवित गर्नुपर्नेमा जोड दिइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस