प्रहरीद्वारा ६ राउन्ड हवाई फायर, नेहा र निहारिका पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीद्वारा ६ राउन्ड हवाई फायर, नेहा र निहारिका पक्राउ


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । दाइजो र घरेलु हिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र निहारिका राजपूतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्। 

मंगलबार साँझ नेहाका श्रीमान् डा. पङ्कज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, नन्दलगायतका आरोपीलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका नेहा र निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार नेहा र निहारिका नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गरेका थिए। स्थिति नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।  

पङ्कज पहिले नै पक्राउ परिसकेको र थप आरोपीको खोजी भइरहँदासमेत आन्दोलन नरोकिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । बुधबार प्रहरीले बिहीबार बिहान १० बजेसम्म थप आरोपी पक्राउ गर्ने बताएको थियो। निर्धारित समयमा आरोपी पक्राउ पर्न नसकेपछि आज ११ बजेदेखि उनीहरूले पुनः आन्दोलन सुरु गरेका थिए। 

यता आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो। दोहोरा झडपमा प्रहरी हवलदार मुकेशप्रसाद यादव र नगर प्रहरी राम दुसिद यादव, गंगाराम राय, सुरेश राय घाइते भएको प्रहरीले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस