भुसाको थुप्रोभित्र युवकको शव फेला, प्रहरी भन्छ-तारले खुट्टामा बाँधेको थियो !  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भुसाको थुप्रोभित्र युवकको शव फेला, प्रहरी भन्छ-तारले खुट्टामा बाँधेको थियो ! 


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

काटेको पराल अर्थात् भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशङ्का गरिएको छ । उनीहरू मोबाइल स्विच अफ गरी फरार छन् । शङ्कास्पद व्यक्तिहरू पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस