रामगोपालपुर नगरपालिकामा तोडफोड, झडपमा ३ सुरक्षाकर्मी घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रामगोपालपुर नगरपालिकामा तोडफोड, झडपमा ३ सुरक्षाकर्मी घाइते


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । निहारिका राजपूतसहितको एक समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका हुन् । 

सो क्रममा उनीहरू तोडफोडमा उत्रिँदा अवस्थालाई नियन्त्रणमा लिने क्रममा झडप भएको छ  झडपमा तीन सुरक्षाकर्मी घाइते भएका छन् । 

महोत्तरी प्रहरीका अनुसार निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झपप भएको र सो क्रममा नगर प्रहरी एक जना र नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना गरी ३ सुरक्षाकर्मी घाइते भएका छन्। 

दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का डा पङ्कज चौधरीलाई कडा कारबाहीको माग गर्दै निहारिकालगायत नगरपालिकाको कार्यालयमा धर्नाका लागि पुगेका थिए । 

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो ।  

श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस