सोविता गौतमले आयोगमा बुझाइन् चुनाव खर्च विवरण  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोविता गौतमले आयोगमा बुझाइन् चुनाव खर्च विवरण 


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् ।

उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।

१३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल/डिजेल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ ।

त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्दा उनले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेस गरेकी छन् ।

काठमाडौँ-२ मा उनले नेकपा एमालेका मणिराम फुयाँल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस